काठमाडौंः नजिकै बागमती सभ्यता एकीकृत विकास समिति कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धनकुटा पख्रिबास घर भएर हाल गोकर्णेश्वर नगरपालिका बस्ने ४८ वर्षीय सुवास घिसिङ (सुन मुन्द्रे) लाई नियन्त्रणमा लिएको हो।
सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नयाँ बस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै बागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।
फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार सुवास घिसिङले फोहोरको विषयलाई लिएर विवाद गरी एक्कासि बलराम श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते थिए।
घिसिङ विरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसुर मा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।