PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

क्रिप्टो कारोबार गरेको आशंकामा व्यापारी श्रेष्ठको घरमा छापा : प्रमाण संकलन गरेर श्रेष्ठलाई पक्राउ गर्ने तयारी



पहिलोपोस्ट

क्रिप्टो कारोबार गरेको आशंकामा व्यापारी श्रेष्ठको घरमा छापा : प्रमाण संकलन गरेर श्रेष्ठलाई पक्राउ गर्ने तयारी

काठमाडौं : क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठको घरमा छापा मारेको छ।

काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको हो। आज सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने भएको छ।

‘क्रिप्टोको कारोबार भएको भन्ने सूचना आएको छ। प्रमाण पुग्यो भने उहाँलाई पक्राउ गरेर ल्याउछौँ,’ कार्यालय प्रमुख एसएसपी जनक भट्टराईले भने।

उनले कति क्रिप्टोमा लगानी गरे भन्ने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell