PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

क्रिप्टो कारोबार गरेको अभियोगमा व्यवसायी अमित श्रेष्ठ पक्राउ



पहिलोपोस्ट

क्रिप्टो कारोबार गरेको अभियोगमा व्यवसायी अमित श्रेष्ठ पक्राउ

काठमाडौं : क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ। आज दिउँसो उनको घर पानीपोखरमा प्रहरीले छापा मारेको थियो।

काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

‘क्रिप्टोको कारोबार भएको भन्ने सूचना आएको छ। उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,' कार्यालयका एसपी कृष्ण कोइरालाले भने।

उनले कति क्रिप्टोमा लगानी गरे भन्ने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell