PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

वाग्मती प्रदेशसभाको आजको बैठकले पारित गर्‍यो यी ५ अध्यादेश



पहिलोपोस्ट

वाग्मती प्रदेशसभाको आजको बैठकले पारित गर्‍यो यी ५ अध्यादेश

हेटौँडा : वाग्मती प्रदेशसभाको आज बुधवार बसेको बैठकले ५ वटा अध्यादेश पारित गरेको छ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको हो। यसैगरी, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए। बैठकमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell