PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

बाबुरामलाई उपेन्द्रको व्यङ्ग्य, 'डाक्टर साहेब न घरको न घाटको'



राधेश्याम पटेल

बाबुरामलाई उपेन्द्रको व्यङ्ग्य, 'डाक्टर साहेब न घरको न घाटको'

वीरगंजः जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कमिटी बैठक वीरगंजमा सुरु भएको छ। डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा बैठक राखिरहेका बेला उपेन्द्र पक्षको बैठक बुधबार वीरगंजमा सुरु भएको हो।

बैठकको उद्घाटन गर्दै यादवले भट्टराई पक्षको बैठकलाई अवैधानिक भनेका छन्। उनले भट्टराई पक्षको बैठकलाई पार्टीको बैठक नभई न्यून राजनीतिक संस्कार नभएका केही व्यक्तिहरुको गोठको बैठक भएको आरोप लगाएका छन्।

‘डाक्टर साहेबले माओवादीमा हुँदा पनि अध्यक्ष हत्याउन प्रचण्डविरुद्ध हस्ताक्षर संकलन गरेका थिए। पछि त्यो पार्टीबाट पनि अलग्गिए,’ यादवले भने, ‘अहिलेको अवस्था पनि त्यस्तै छ। झुटको खेती गरी केही व्यक्तिलाई लिएर पार्टी फुटाउने खेलमा लाग्नुभएको छ।'

बाबुराम पक्षको बैठकमा जानेलाई कारबाही चेतावनी पनि यादवले दिए।  

यादवले आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य र अधिकतम कार्यकारी सदस्य रहेको दाबी गरे।

अध्यक्ष यादवले आफूहरुले उत्पीडनविरुद्धको मुद्दा लिएर अगाडि बढेको र भट्टराईले जातिवाद र क्षेत्रीयवादका मुद्दा लिएकाले मतान्तर भएको बताए।

वरिष्ठ नेता अशोक राईले भट्टराई पक्षको बैठक अवैधानिक भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell