PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

रनिल बने श्रीलंकाका कार्यवाहक राष्ट्रपति, सेनाले नागरिकलाई भन्यो : शान्ति कायम गर्न सहयोग गर्नुस्



पहिलोपोस्ट

रनिल बने श्रीलंकाका कार्यवाहक राष्ट्रपति, सेनाले नागरिकलाई भन्यो : शान्ति कायम गर्न सहयोग गर्नुस्
PHOTO : AP

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे त्यहाँका कार्यवाहक राष्ट्रपति बनेका छन्। राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिएपछि रनिल बुधवार राष्ट्रपति नियुक्त भएका हुन्। राष्ट्रपति बने लगत्तै उनले देशभर शान्ति सुरक्षा कायम गर्न अपील गरेका छन्। साथै कर्फ्यूको पनि घोषणा गरेका छन्।

केही दिनअघि सडकमा ओर्लिएका नागरिकहरुले राष्ट्रपति राजपाक्षेत्रको सरकारी निवास कब्जामा लिएका थिए। साथै प्रधानमन्त्री निवासमा आगो लगाएका थिए। बुधवार नै प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालय पनि नियन्त्रणमा लिएका थिए। आर्थिक संकटसँगै राजनीतिक संकट बढ्दै गएपछि राजपाक्षेपछि हटेका हुन्। राजपाक्षे हाल माल्दिभ्समा छन्।

रनिलले सेना र प्रहरीले देशमा बढ्दो हिंसात्मक अवस्था सम्हाल्न निर्देशन दिएका छन्। सेनाले पनि नागरिकहरुलाई शान्ति कायम राख्न सहयोगका लागि अपील गरेको छ। श्रीलंकाली सेना प्रमुख जनरल शावेन्द्र सिल्वाले मानिसहरुलाई सेना र प्रहरीलाई सहयोग गर्न आग्रह गरेका हुन्। उनले राष्ट्रपति राजपाक्षले राजीनामा दिइसकेको र नयाँ राष्ट्रपति निर्वाचन हुने बेलासम्म शान्ति सुरक्षा र कानुनी व्यवस्थालाई बलिया बनाउनुपर्ने बताएका छन्। उनले सार्वजनिक सम्पत्तिमाथि भइरहेको आक्रमण रोक्न पनि अपील गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell