PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
प्रतिकात्मक चित्र

काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित चतरा-पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एकजना साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने चालक उदयपुरको बेल्टार-७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell