PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

पहिलो चरणको मतदानमा ऋषि सुनक अघि, यी ६ जना छन् बेलायतको नयाँ प्रधानमन्त्री बन्ने 'रेस'मा



पहिलोपोस्ट

पहिलो चरणको मतदानमा ऋषि सुनक अघि, यी ६ जना छन् बेलायतको नयाँ प्रधानमन्त्री बन्ने 'रेस'मा
Photo : Aljazeera

बोरिस जोनसनले राजीनामा दिएपछि कनजर्भेटिभ पार्टीको नेता छान्न भएको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। अर्थ मन्त्रीबाट राजीनामा दिएका ऋषि सुनकले सो निर्वाचनमा सबैभन्दा बढी मत पाएका छन्।

निर्वाचनबाट प्रधानमन्त्री बन्नका लागि ६ जना चयन भएका छन्। जसमा सुनकले ८८ जना कनजर्भटिभ सांसदको साथ पाएका छन्। पेन्नी मोरइन्टले ६७ मत र लिज ट्रसले ५० मत पाएकी छिन्। यस्तै, केमी बेनोचले ४०, टम टुगेनडाटले ३७ र सुल्ले ब्रेभम्यानले ३२ मत पाए। अब यिनीहरुबिच अर्को चरणको निर्वाचन हुनेछ। दुई जना बाँकी भएपछि उनीहरुमध्येबाट निर्वाचनबाटै एकजना ‘टोरी लिडर’ छानिनेछ र उनी नै प्रधानमन्त्री हुनेछन्।

आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell