PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रपति बने पछि पहिलोपटक खाडी राष्ट्रको भ्रमणमा जो बाइडेन



पहिलोपोस्ट

राष्ट्रपति बने पछि पहिलोपटक खाडी राष्ट्रको भ्रमणमा जो बाइडेन
Photo : Reuters

अमेरिकाका राष्ट्रपति जो बाइडेन इजरायलको राजधानी तेल अभिभ पुगेका छन्। राष्ट्रपति बनेपछि उनी पहिलोपटक खाडी राष्ट्रको भ्रमणमा पुगेका हुन्।

बुधवार एयर फोर्स वानबाट बेन गुरियन विमानस्थल पुगेका बाइडेनले इजरायल र अमेरिकाको सम्बन्ध धेरै नजिकको रहेको बताएका थिए। इजरायलका प्रधानमन्त्री यार लापिदले बाइडेनलाई ‘ग्रेट जियोनिस्ट’ भनेर सम्बोधन गरेका थिए। उनले बाइडेनलाई इजरालयको हालसम्मकै मिल्ने साथी भन्दै लापिदले जो र इजरायलको सम्बन्ध धेरै नजिकको रहेको बताएका थिए।

बाइडेन १० औं पटक इजरालय पुगेका हुन्। सन् १९७३ मा सिनेटर हुँदा उनी पहिलोपटक इजरायल भ्रमणमा पुगेका थिए। बाइडेनले जेरुसलममा दुई दिन बिताउनेछन्। त्यसक्रममा आज उनले इजरालयी नेताहरुसँग भेटवार्ता गर्नेछन्।

शुक्रवार बाइडेनले वेस्ट बैंकमा प्यालेन्टाइन अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बाइडेन साउदी अरेबिया जानेछन्। साउदीले इजरायललाई राष्ट्रको मान्यता दिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell