PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता



पहिलोपोस्ट

उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रसकी सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी भइरहेको छ।

असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका सचिवसमक्ष सो प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ।

आजै दिउँसो १:३० बजे सङ्घीय संसद् भवनको सूचना पाटीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने छ। उपसभामुखको निर्वाचन असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ।

असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell