PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र वाग्मती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा  र हल्का देखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

आज राति देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell