PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

लुम्बिनीमा वर्षावास बस्दैछन् भिक्षु तथा उपासक-उपासिका



पहिलोपोस्ट

लुम्बिनीमा वर्षावास बस्दैछन् भिक्षु तथा उपासक-उपासिका
FILE PHOTO

काठमाडौं : भिक्षुहरुको वर्षावास सुरु भएको छ। बुद्धकालीन समयदेखि सुरु भएको वर्षावासमा बौद्ध विहार तथा गुम्बामा भिक्षु तीन महिनासम्म अधिष्ठान गर्ने गर्दछन्।

असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ। लुम्बिनीको विभिन्न राजकीय बुद्ध विहारमा बुधवारदेखि भिक्षुहरुले वर्षावास सुरु गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

बौद्ध भिक्षु तथा उपासक-उपासिका एकै ठाउँमा भेला हुने र बुद्ध दर्शनको अनुचरण गर्ने समय पनि वर्षावास हो।

वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव तथा किरा बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षावास बस्ने गरेको लुम्बिनी विश्वविद्यालयका सहायक अनुसन्धान निर्देशक सुमन्तराज न्यौपानेले बताए।

वर्षावास भनेको भिक्षु तीन महिना एकै विहारमा बसेर अध्ययन एवं चिन्तन मनन गर्नु हो। सहायक अनुसन्धान निर्देशक न्यौपानेले भने, ‘अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि भिक्षु वर्षावास बस्ने गर्नुहुन्छ।’

वर्षाका समयमा मानिस खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने तथा हिँडडुल गर्दा किराफट्याङ्ग्रा कुल्चने डर हुने भएकाले भगवान् बुद्धले वर्षावासको व्यवस्था गरेको बौद्ध भिक्षुहरु बताउँछन्।

 वर्षावासका समयमा विहारमा दैनिक धार्मिक गतिविधि संचालन हुने भएकाले उपासक-उपासिका नियमितरूपमा विहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell