PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

'लागूऔषध प्रयोग गर्नकै लागि रियाले सुशान्तलाई आफ्नो घरमा बस्न दिइन्'



पहिलोपोस्ट

'लागूऔषध प्रयोग गर्नकै लागि रियाले सुशान्तलाई आफ्नो घरमा बस्न दिइन्'

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लागूऔषध खरिद गरेको भन्दै अभियोगपत्र दर्ता गरेको छ।

ब्यूरोले ३५ जनालाई आरोपी बनाउँदै ४९ पेजको रिपोर्ट पेस गरेको छ। जसमा रियाको नाम ३२ पटक लेखिएको छ। जसमा रिया लागू औषध खरिलमा संलग्न भएको देखिएको ब्यूरोले दाबी गरेको छ। रियाका साथै उनका भाइ सोभिक लगायत अन्यले पटकपटक गाजा किनेको रिपोर्टमा उल्लेख छ।

लागू औषध प्रयोग गर्नकै लागि रियाले सुशान्तलाई आफ्नो घरमा बस्न दिएको ब्यूरोले उल्लेख गरेको छ। ब्यूरोले घरमै रियाले लागू औषधको डेलिभरी लिएको जनाएको छ।

सन् २०२० को जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूत आफ्नो घरमा मृत फेला परेका थिए। त्यसबेला उनको मृत्यु आत्महत्या हो कि हत्या भन्ने प्रश्न उठेको थियो। रियामाथि सुशान्तलाई लागूऔषध दिएको र आत्महत्या गर्न प्रेरित गरेको आरोप लगाइएको थियो। रियाले भने आफूले सुशान्तलाई आत्महत्या गर्न प्रेरित नगरेको बताउँदै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell