PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

पार्टीभित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्छ : घनश्याम भुसाल



पहिलोपोस्ट

पार्टीभित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्छ : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी भित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्ने बताएका छन्। ललितपुरमा आयोजित नीति संवाद कार्यक्रममा भुसालले सबै पार्टीभित्र भक्तिगान गाउने कार्यकर्ता भएसम्म विज्ञानको विकास नहुने बताए।

'हामी हाम्रो पार्टी भित्र प्रश्न गर्ने मान्छे जन्माउछौं। कमरेड प्रचण्ड,केपी ओली शेरबहादुरजीलाई पनि यहि भन्न चाहन्छु,'उनले भने।

भुसालले राजनीतिक दलका विचारहरु वैज्ञानिक नभएको बताए। उनले एमालेको सुखी नेपाली,समृद्ध नेपाल, नेकपा माओवादी केन्द्रको वैज्ञानिक समाजवाद र कांग्रेसको प्रजातान्त्रिक समाजवाद वैज्ञानिक नभएको बताए। उनले कसरी समाजवादमा पुग्ने भन्नेबारेमा कुनै पनि पार्टी स्पष्ट नभएको तर्क गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell