A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69912821c00b88.23157583): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69912821c00b88.23157583,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69912821cc7f49.38893746): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69912821cc7f49.38893746,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69912821d1f308.13564253): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69912821d1f308.13564253,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कम्युनिस्ट एकताबारे प्रचण्ड : आन्दोलनको नेतृत्व गर्न नसके पछाडि फर्कनुपर्ने अवस्था आउँछ
PahiloPost

Feb 15, 2026 | ३ फागुन २०८२

कम्युनिस्ट एकताबारे प्रचण्ड : आन्दोलनको नेतृत्व गर्न नसके पछाडि फर्कनुपर्ने अवस्था आउँछ



पहिलोपोस्ट

कम्युनिस्ट एकताबारे प्रचण्ड : आन्दोलनको नेतृत्व गर्न नसके पछाडि फर्कनुपर्ने अवस्था आउँछ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका क्रान्तिहरु सम्झौतामा टुंगिने गरेको बताएका छन्। ललितपुरमा आयोजित नीति संवाद कार्यक्रममा प्रचण्डले परिवर्तनलाई जनताको दैनिकीसँग जोड्न नसकिनुका कारण सम्झौता गरेर आन्दोलन टुंगिने बताए। 

'प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन्। करोडपतिले त क्रान्ति गरेकै छैनन्। क्रान्ति कम्प्रमाइजमा टुंगिनुपर्ने कारण बन्छ धेरै धेरै कारणले। पुँजीपतिसँग कम्प्रमाइज गरेर आउछ,' प्रचण्डले भने। 

उनले आफू विज्ञानलाई आत्मसात गर्ने नेता भएको भन्दै माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रस्तुत भएको दस्तावेजहरुमा विज्ञान प्रविधिलाई महत्वका साथ राखिएको बताए। 'माओवादी महाधिवेशनमा प्रस्तुत दस्तावेजमा विज्ञानको धेरै कुरा गरिएको छ। श्रमजीविले विज्ञान प्रविधिको प्रयोग गरेर लड्न सकिन्छ भन्ने त्यसमा लेखिएको छ,' प्रचण्डले भने। तत्कालै नेपाली समाजलाई वैज्ञानिक युगमा लैजान सम्भव नभएको प्रचण्डको भनाइ छ। राजनीतिक नेतृत्वलेसमेत विज्ञानलाई स्वीकारेर अगाडि बढ्न समय लाग्ने उनको भनाइ छ। 'वैज्ञानिक कुरा गरे पनि हाम्रो समाज तुरुन्त जाने ठाउँमा छैन। विज्ञानलाई स्वीकार्ने हाम्रो पार्टी नेतृत्वले आँट गर्नुपर्ने हुन्छ। विचारलाई भौतिक रुपमा उपस्थिति गर्ने कुरा हो,' प्रचण्डले भने।

नेपालमा जनताको क्षेत्रमा नभइ राज्य र राजनीतिक नेतृत्वको तहमा विज्ञान प्रविधिको प्रयोगमा बदमासी भएको प्रचण्डको भनाइ छ। उनले अहिले संघीयता खारेज गर्नुपर्छ भन्ने निकै ठुलो बहस चलिरहेको बताए। उनले अधिकार स्थानीय तह र प्रदेशमा दिने कुरा अरु पार्टीका नेतालाई मन नपरेको प्रचण्डको आरोप छ। भने, 'अहिले त्यहाँ ठुलो डिबेट चलिरहेको छ। नयाँ ऐन बनाउन एक थरी पार्टीलाई फलामको चिउरा चपाउन सरी भएको छ। के गरी रोक्ने होला गाउँमा जाने अधिकार। तपाइले सुन्नुभएको होला केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भन्नुभएको छ। अझ मजबुत बनाउनुपर्यो प्रदेश र स्थानीय तहलाई। विकासको एउटा नयाँ समाजवादी मोडल बनाउनुपर्यो भन्नेमा हाम्रो जोड छ।'

आफूले प्रस्ताव गरेर कम्युनिस्ट पार्टीका बिचमा एकता भएको प्रचण्डको दाबी छ। फेरि पनि आफ्नै प्रस्तावमा विचार मिल्ने कम्युनिस्ट पार्टीहरुका बिचमा एकता हुने उनको भनाइ छ। 'निकै ठुलो त्याग गरेर कम्युनिस्ट एकता गराएको हो। अझ पनि बिचार मिल्ने कम्युनस्ट एकता गराउनैपर्छ। हिजो पनि म प्रस्तावक थिएँ। भोलि पनि मै हुन्छु,' उनले भने। बहस र नेतृत्व गर्न नसकिए पछाडि फर्किनुपर्ने अवस्था आउने उनले बताएका छन्। आफ्नो पार्टी पछाडि फर्कने बहसमा नरहेको भन्दै प्रचण्डले भने, 'हामीले बहस र आन्दोलनको नेृतृत्व गर्न सकेनौं भने पछाडि फर्किनुपर्ने अवस्था आउँछ। अगाडि बढ्ने बाटो रोज्ने हो कि पछाडि फर्किनेवाला हौं।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell