PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

राष्ट्रिय सभाको समाचार नआएको भन्दै सरकारी सञ्चार माध्यममाथि खनिए वेदुराम भुसाल : प्रतिनिधि सभाको हरेकको आउँछ



पहिलोपोस्ट

राष्ट्रिय सभाको समाचार नआएको भन्दै सरकारी सञ्चार माध्यममाथि खनिए वेदुराम भुसाल : प्रतिनिधि सभाको हरेकको आउँछ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका राष्ट्रिय सभाका सांसद वेदुराम भुसालले प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचमा ठुलो विभेद भएको आरोप लगाएका छन्। सरकारी सञ्चार माध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ। उनले प्रतिनिधि सभाका सांसदहरुको हरेकको नाम भनेर समाचार आउने भए पनि राष्ट्रिय सभाको सांसदहरुलाई विभेद गरेर नाम नै नआउने गरेको आरोप लगाए। भने, 'सरकारका सञ्चार माध्यमले दुईवटा सभाको बैठक भएको दिनमा एउटाको मात्रै समाचार दिन्छ,' भुसालले भने।

उनले समाचारमा विभेदको नीति अत्यधिक भएको भन्दै बैठक बस्यो र सकियो भन्ने मात्रै सरकारी सञ्चार माध्यममा समाचार आएको बताए। भने,'राष्ट्रिय सभाको बैठक भयो भन्ने अनि समाचार सकिन्छ। सरकारका सञ्चारमाध्यले गर्ने विभेदकारी नीति हो। राष्ट्रिय सभाको लाइभ गरिदैन। संसदका दुई अंगका बिचमा यो खालका विभेद भइरहेको छ।' 

उनले राष्ट्रिय सभालाई अहिलेकै विभेद कायम राख्ने भए खारेज गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे। उनले उपाध्यक्ष र अरु पदाधिकारीका बारेमा समेत सरकारको ध्यान नगएको उनको भनाइ छ। 'राष्ट्रिय सभाबाट भएको निर्णय र निर्देशरु कार्यान्वयन भएको देखिदैन। पदाधिकारीको व्यवस्थापनमा उपेक्षा गरेको देखिन्छ। यो सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली छ। प्रतिनिधि सभामा त उपसभामुखको निर्वाचन गर्ने भएको छ। समितिका सभापति खाली छन्,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell