PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सुनको सिक्री चोर्न बालकलाई 'ट्रेनिङ' : ७० वर्षीया महिलाको सिक्री चोरेपछि पक्राउ



पहिलोपोस्ट

सुनको सिक्री चोर्न बालकलाई 'ट्रेनिङ' : ७० वर्षीया महिलाको सिक्री चोरेपछि पक्राउ
फाइल फोटो

काठमाडौं : नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गरेको अभियोगमा प्रहरीले अभियोगमा नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भएका ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन्।

रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आइतवारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ७० वर्षीया महिलाले घाँटीमा लगाएको तीन तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना नाबालकले चोरी गरेर फरार भएका थिए।  आइतवार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोबाट चोरी भएको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको थियो। त्यसपछि अनुसन्धान गर्दा अर्का एक जनाको संलग्नता खुलेको थियो।

प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि ट्रेनिङ गाएको खुलेको छ। बजारमा भिडभाड भएको ठाउँमा लगि बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ।

घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell