PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य



पहिलोपोस्ट

तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य तीन दिनपछि केही बढेको छ।

अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो। बिहीबारको लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार सुन तोलाम २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ७० रुपैयाँ थियो। अन्तराष्ट्रिय बजारमा सुन १७२६.८९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.०६ डलर छ। बुधबार सुन प्रतिऔंस १७२४.७८ डलर र चाँदी १८.९३ डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell