PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

रिङमा ढलेका बक्सरको मृत्यु, आयोजक फरार!



पहिलोपोस्ट

रिङमा ढलेका बक्सरको मृत्यु, आयोजक फरार!
तस्बिर: भास्कर

भारतको बेङ्ग्लुरुमा चलेको एक प्रदेशस्तरीय किक बक्सिङ प्रतियोगितामा सहभागी एक जनाको मृत्यु भएको छ। के - १ किकबक्सिङ च्याम्पियनसिप अन्तर्गतको खेलको क्रममा रिङमा ढलेका २३ वर्षे उनको उपचारका क्रममा आइतवार मृत्यु भएको हो।

निखिलका बुवाले भने आयोजकको लापारवाहीका कारण निखिलको मृत्यु भएको आरोप लगाएका छन्। उनले प्रतियोगितमा एम्बुलेन्स र विज्ञ मेडिकल सुविधा नहुँदा यस्तो घटना भएको आरोप लगाएका छन्।

यो घटनापछि आयोजक फरार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। भारतको राष्ट्रिय किक बक्सिङ संघले भने आयोजकसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेको छ।

निखिल भारतीय किक बक्सिङमा उदीयमान खेलाडी रहेको बताइएको छ। उनले छैटौं बेङग्लोर एमएमए च्याम्पियनसिप तथा पाँचौ एमएमए इण्डिया नेसनलमा पनि सहभागिता जनाएका थिए।

उनका प्रशिक्षक विक्रम नागराजले सामाजिक सञ्जालमा भावुक पोस्ट लेख्दै जे नहुनु थियो, त्यो भएको बताएका छन्।

'कुनै प्रशिक्षकले यो अवस्थाबाट गुज्रनु नपरोस जुन अवस्थाबाट म गुज्रिरहेको छु,' उनले लेखेका छन्, 'त्यहाँ एम्बुलेन्स, दक्ष चिकित्सक थिए भने उसले आफ्नो जीवन गुमाउनु पर्दैन थियो। मेरो लडाइ निखिलको लागि मात्र होइन निखिलजस्तो सपना देख्ने सबै खेलाडीको तर्फबाट हो। मेरो लडाइँ खेलकुदको सुरक्षाका लागि कुनै ध्यान नदिने र खेलकुद विकास गतिविधिको सट्टा टुर्नामेन्ट भनेको पैसा कमाउने व्यवसाय मात्रै हो भन्ने कानुनी ब्याकग्राउन्ड र स्वीकृतिविहीन संस्थाहरू विरुद्ध लडाई हो।'

निखिलका पिता करातेको प्रशिक्षक हुन्। उनले प्रतिस्पर्धी र आयोजक विरुद्ध प्रहरीमा उजुरी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell