PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बढ्न थाल्यो कोरोना सङ्क्रमण : एकैदिन २ सय ६० जनामा सङ्क्रमण पुष्टि



पहिलोपोस्ट

बढ्न थाल्यो कोरोना सङ्क्रमण : एकैदिन २ सय ६० जनामा सङ्क्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै सोही अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार १ सय ७१ पुगेको छ।

सोही अवधिमा मृत्यु सङ्ख्या भने शून्य रहेको छ। हालसम्म देशभर सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell