PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने २७ वर्षीय युवक समातिए



पहिलोपोस्ट

दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने २७ वर्षीय युवक समातिए

काठमाडौंः दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका ९ घर भएका २७ वर्षीय विकास थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।  दुबई जानका लागि एक जनासँग ६ लाख रूपैयाँ लाग्ने र मासिक १ लाख रूपैयाँ भन्दाबढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने भन्दै दुई जनाबाट ११ लाख रुपैयाँ लिएको उजुरी परेको छ।

विहिन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ वसुन्धाराबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell