PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

प्रदेशसभाबाट पारित भयो गण्डकीको आगामी आर्थिक वर्षको बजेट



पहिलोपोस्ट

प्रदेशसभाबाट पारित भयो गण्डकीको आगामी आर्थिक वर्षको बजेट

पोखरा : आर्थिक वर्ष २०७९/८० को लागि गण्डकी प्रदेशको बजेट पारित भएको छ। असार १ गते अर्थमन्त्री रामजी प्रसाद बरालले पेश गरेको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट बिहीवार बसेको प्रदेशसभाको बैठकले पारित गरेको हो।

असार १ गते सभामा पेस भएको बजेटमा निर्वाचन पूर्वाधार क्षेत्र विकास हटेपछि १९ दिनसम्म सदन अवरुद्ध भएको थियो। अर्थमन्त्री बजेटमा सो कार्यक्रम राख्न तयार भएपछि सदन चलेको थियो। पछि, वार्षिक विकास कार्यक्रमको पुस्तिकामा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले परिवारजनको ट्रस्टको नाममा करोडौँ रुपैयाँ विनियोजन भएपछि बजेट उपरको छलफल लम्बिएको थियो।

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको उक्त बजेटमध्ये चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको छ। गण्डकी प्रदेशको लागि आगामी आवको बजेटको स्रोतमध्ये ९ अर्ब २३ करोड ९२ लाख रुपैयाँ राजश्वको बाँडफाँटबाट प्राप्त रकम र ५ अर्ब ९ करोड १६ लाख रुपैयाँ आन्तरिक आय गरी कुल १४ अर्ब ३३ करोड ८ लाख रुपैयाँ कुल आम्दानी हुने अर्थ मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell