PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

बाबुराम भट्टराईसहित ९ जनालाई जसपाले गर्‍यो कारबाही, अशोक राई संघीय परिषद् अध्यक्ष



पहिलोपोस्ट

बाबुराम भट्टराईसहित ९ जनालाई जसपाले गर्‍यो कारबाही, अशोक राई संघीय परिषद् अध्यक्ष

वीरगंजः जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ जना कारबाही गरेको छ। यादव पक्षको केन्द्रीय समिति बैठकले भटटराईसहित महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाइ कारबाही गरेको हो।

भट्टराईलाई कारबाहीपछि संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गरिएको छ। पार्टी विरोधी गतिविधिमा लागेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको हो।

पार्टीले औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन। दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गरिने केन्द्रीय सदस्य प्रदीप यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell