PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

प्रतिनिधिसभाले उपसभामुख चुन्दै, मैदानमा गठबन्धनबाट पुष्पा र एमालेबाट विद्या



पहिलोपोस्ट

प्रतिनिधिसभाले उपसभामुख चुन्दै, मैदानमा गठबन्धनबाट पुष्पा र एमालेबाट विद्या

काठमाडौं : आज प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ। दिउँसो ३ बजे प्रतिनिधिसभाले उपसभामुख  चयन गर्नेछ। उपसभामुख पदका लागि दुईजनाको मनोनयन परेको छ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी प्रमुख सचेत पुष्पा भुषालले बिहीवार मनोनयन दर्ता गराएकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी रहेका छन्।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। विद्याको प्रस्तावकमा एमालेकी सचेतक शान्त चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।

करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढेको हो। शुक्रवार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell