PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दु:ख दिने ६ जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दु:ख दिने ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौं : नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरि अनावश्यक दुःख दिने ६ जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबरजस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो।

पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell