PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

इटालीका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपतिद्वारा अस्वीकार



पहिलोपोस्ट

इटालीका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपतिद्वारा अस्वीकार
Photo : SEAN GALLUP/POOL/EPA

इटालीका प्रधानमन्त्री मारियो ड्रागीले राजीनामा दिएका छन्। विश्वासको मत लिने क्रममा गठबन्धनमा रहेको पपुलिस्ट पार्टी ‘फाइभ स्टार’ ले समर्थन फिर्ता लिएपछि ड्रागीले राजीनामा दिएका हुन्।

बिहीवार भएको निर्वाचनमा ड्रागीले संसदमा विजय हासिल गरे पनि गठबन्धनमा रहेको फाइभ स्टारले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका हुन्। फाइभ स्टारले ड्रागीले इटालियन जनताको जीवनस्तर विकास गर्न उल्लेख्य काम नगरेको आरोप लगाउँदै गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो।

ड्रागीले सन् २०२१ को फेब्रुअरीदेखि गठबन्धन सरकारको नेतृत्व गरेका थिए। राजीनामा दिँदै उनले गठबन्धनमा एकताको भाप सकिएको बताएका छन्। यद्यपि, राष्ट्रपति सर्जियो माटटारेल्लेले भने उनको राजीनामा अस्वीकार गरेका छन्।

सर्जियोले कोभिड १९ महामारीका क्रममा इटालीको ‘पोस्ट कोभिड प्यान्डेमिक रिकभरी’ को नेतृत्व गर्न र देशलाई महामारीबाट हुने सक्ने अस्तव्यस्ताबाट बचाउन युरोपियन सेन्ट्रल बैंकको प्रमुखका रुपमा काम गरिसकेका ड्रागीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। सर्जियोले ड्रागीको राजीनामा अस्वीकार गरेपछि इटालीको राजनीतिक क्षेत्र अहिले तरंगित भएको छ। उनी बुधवार संसद जाने र राष्ट्रपतिसहितको समर्थनमा कार्यालयमै रहन सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell