
इन्डियन प्रिमियर लिग (आइपिएल)का विवादास्पद पात्र ललित मोदीले सन् १९९४ की मिस युनिभर्स सुस्मिता सेनसँग नयाँ जीवनको सुरुवात सुरु भएको बताएका छन्। मोदीले ट्वीट गर्दै आफूहरुबिच जीवनको नयाँ सुरुवात भएको जानकारी दिएका हुन्। माल्दिभ्स भ्रमणपछि लन्डन पुगेको भन्दै उनले ुसुस्मितासँगको तस्विरहरु 'सेयर' गरेका छन्। उनीहरुबिच विवाह भएको हो कि उनीहरु सम्बन्धमा रहेका हुन् भन्ने खुलेको छैन।*
Just back in london after a whirling global tour #maldives # sardinia with the families - not to mention my #better looking partner @sushmitasen47 - a new beginning a new life finally. Over the moon. 🥰😘😍😍🥰💕💞💖💘💓. In love does not mean marriage YET. BUT ONE THAT For sure pic.twitter.com/WL8Hab3P6V
— Lalit Kumar Modi (@LalitKModi) July 14, 2022
सुस्मिता १८ वर्षको उमेरमा मिस इन्डिया र १९ वर्षको उमेरमा मिस युनिभर्स भएकी थिइन्। त्यसपछि सुस्मिताले फिल्म ‘दस्तक’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। सुस्मिताको नाम विक्रम भट्टदेखि रोहमन शाँलसम्म जोडिएको थियो। शाँलसँग सन् २०२१ मा सुस्मिताको ब्रेकअप भएको भारती संचारमाध्यमले उल्लेख गरेका छन्। सन् २०१० बाट फिल्ममा नदेखिएकी उनले २०२० मा वेब सिरिज ‘आर्या’बाट कम्ब्याक गरेकी थिइन्। उनले दुई बच्चाहरुलाई ‘एडप्ट’ गरेकी छिन्।
यता, सन् २००५ देखि २०१० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डको उपाध्यक्ष रहेका मोदीलाज्ञ आईपीएलका 'गड फाडर' समेत भनिन्छ। सन् २०१० मा धाँधलीको आरोपमा उनलाई आईपीएलको कमिश्नरबाट निलम्बित गरिएको थियो। त्यस्तै उनी बीसीसीआईको उपाध्यक्ष पदबाट पनि निलम्बित भएका थिए। मनि लण्ड्रिङको आरोप पछि सोही वर्ष उनी भारतबाट फरार भएका थिए।
मोदीले यसअघि मिलन मोदीसँग विवाह गरेका थिए। विदेशमा पढाइका क्रममा उनी आफ्नी आमाको साथी मिनलसँग प्रेममा परेका थिए। मोदी आफूभन्दा करिब एक दशक जेठी मिनलसँगको प्रेममा थिए। तर, मिनलको विवाह नाइजेरियाका व्यापारी ज्याक सागरानीसँग हुन लागेको थियो। उनको विवाहको ठीक अगाडी मोदीले प्रेम प्रस्ताव राखे। तर, रिसाएकी मिनलले ४ वर्षसम्म मोदीसँग बोलचाल गरिनन्।
अर्कोतर्फ सागरानी र मिनलको सम्बन्ध लामो समय टिकेन र चाँडै डिभोर्स गर्ने निर्णयमा पुगे। डिभोर्सपछि मिनल र मोदी फेरि नजिकिए। घरपरिवारको विरोधका बावजुत सन् १९९१ मा उनले मिनलसँग विवाह गरे। सन् २०१८ मा मिनलको निधन भएको थियो।
* नयाँ जीवनको सुरुवात हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको।