PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली



पहिलोपोस्ट

आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी केही भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने जनाइएको छ। प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशका थौरै स्थानहरुमा र बांकी प्रदेशका एकदुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाको सम्भावना रहेको भन्दै पहाडी भूभागम भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहने जनाएको छ। त्यसैले नदी र खहरे खोलाहरुमा पानीको सतह बढ्न सुक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell