PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

जुम्लामा जलविद्युत् आयोजनाको विद्युत गृहको घर भासिँयो, आमा र दुई छोराको मृत्यु



पहिलोपोस्ट

जुम्लामा जलविद्युत् आयोजनाको विद्युत गृहको घर भासिँयो, आमा र दुई छोराको मृत्यु
प्रतिकात्मक तस्विर

काठमाडौं : जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। गएराति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार विद्युत गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्य छन्।

बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भासिएको देखेका थिए।

मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए। प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell