PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

विजय देवरकोन्डासँग ‘डेट’ जानेबारे 'क्यान्डिड' बने जानवी र सारा



पहिलोपोस्ट

विजय देवरकोन्डासँग ‘डेट’ जानेबारे 'क्यान्डिड' बने जानवी र सारा
Photo : Bollywood Hungama

बलिउड अभिनेत्री सारा अलि खानले तेलेगु अभिनेता विजय देवरकोन्डासँग ‘डेट’ जान इच्छुक रहेको बताएकी छिन्। करण जोहर संचालक रहेको कफी विथ करणको सातौं सिजनमा जानवी कपुरसँगै पुगेकी साराले विजयसँग ‘डेट’ जाने रहर भएको बताएकी हुन्।

करणले सारालाई ‘तिमी को केटा सँग डेट जान चाहन्छौ?’ भनेर प्रश्न गरेका थिए। सुरुमा अलमल देखिएकी साराले पछि ‘देव देवरकोन्डा’ भनेकी थिइन्। त्यसपछि जानवी र करण मिलेर सारालाई जिस्काएका थिए। पछि साराले पनि जानवीलाई ‘के तिमी देवलाई मनपराउँछौं’ भनेर सोधेकी थिइन्। जवाफमा जानवीले भनिन् : यु क्यान ह्याभ द चिज। उनीहरु दुवैले कार्यक्रममा 'क्यान्डिड' प्रस्तुती दिएका थिए।

कफी विथ करणको सिजन ६ मा साराले देव आफ्नो ‘क्रस’ रहेको बताएकी थिइन्।

हैदरावादमा जन्मिएका देव तेलेजु स्टार हुन्। फिल्म फेयर अवार्ड र सिमा अवार्ड जितेका देवले सन् २०१५ मा फिल्म नुभिल्लाबाट करियरको सुरुवात गरेका थिए। ब्लकबस्टर अर्जुन रेडी, महनती, ट्याक्सीवादा, गीता गोविन्दा फिल्ममा अभिनयपछि उनको चर्चा चुलिएको थियो। उनले आफ्नै फिल्म निर्माण कम्पनी पनि खोलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell