PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

अर्थ र राजस्व सचिवसँग बयान लिँदै जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समिति



पहिलोपोस्ट

अर्थ र राजस्व सचिवसँग बयान लिँदै जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समिति

काठमाडौं : बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक आज बस्ने भएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए।

बैठकले आज अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुस्करसँग बयान लिने छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण मगाए पनि नआएको भन्दै आपत्ति जनाएको थियो। त्यही कारण  ठोस एजेण्डामा छलफल हुन सकेको छैन।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell