
बोरिस जोनसनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टी अहिले नयाँ 'टोरी लिडर'को चयनमा व्यस्त छ।
नेता छान्न भएको दोस्रो चरणको निर्वाचनमा ऋषि सुनकले सर्वाधिक मत ल्याएका छन्। उनले १०१ मत ल्याउँदा पेन्नी मोर्डन्टले ८३ मत ल्याए। यस्तै, लिज ट्रसले ६४ मत, केमी बडेनोचले ४९ र टम टुगेनडन्टले ३२ मत ल्याए। दोस्रो चरणको निर्वाचनबाट सुल्ला ब्रेभम्यान बाहिरिइन्।
पहिलो चरणमा पनि ऋषिले नै बढी मत ल्याएका थिए। दुईजना प्रतिस्पर्धी चयन नभएसम्म निर्वाचन प्रक्रिया अघि बढ्छ। अन्तिममा दुईजना बाँकी भएपछि पनि फेरि सबै सांसदहरुले मत दिएर नयाँ टोरी लिडर छान्नेछन्। र, उनी नै बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन्।
आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।