PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’



पहिलोपोस्ट

सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’

काठमाडौं : कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ सार्वजनिक भएको छ। ८७ कविताहरु संग्रहित उक्त संग्रह पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो।

भुटानी मूलका नेपाली भाषी कवि प्राचीन आफ्नो संग्रह ‘प्वाँख’ भित्र कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको बताउँछन्।

‘कविता म भित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु.’ संग्रहबारे उनले भने।

‘प्वाँख’ कविता संग्रह केहीसमय अघि अमेरिकाको न्यूयोर्कमा विमोचन गरिएको थियो। ‘प्वाँख’ को मूल्य नेपाली बजारका लागि २९५ रुपियाँ रहेको छ। पुस्तक पसलसँगै थुप्रै र एमेजनबाट पनि किताब किन्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell