PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण



पहिलोपोस्ट

भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

काठमाडौं : भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु नेपाललाई सहयोग गरेको छ। शुक्रवार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

भारतले ३ हजार टेन्ट, १० इनफ्लेटेबल डुंगा लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ।  

गृहमन्त्री खाणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताए। त्यस्तै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell