PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

सुनको मूल्य घट्दैः प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा आइपुग्यो



पहिलोपोस्ट

सुनको मूल्य घट्दैः प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा आइपुग्यो

काठमाडौंः सुनको मूल्य लामो समयपछि प्रतितोला ९३ हजारमा ओर्लिएको छ। अघिल्लो दिनको भन्दा ८ सय रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ भएको छ।

लामो समयपछि सुनको मूल्यमा ठूलो गिरावट आएको हो। बिहीबार ३ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ। शुक्रबारका लागि प्रतितोला ११ सय ४५ रुपैयाँ भएको छ। बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। पछिल्लो समय डलरको भाउ उच्च हुँदै जाँदा लगानीकर्ताहरु डलरतर्फ आकर्षित भएका छन्। यसले गर्दा सुनको क्रमिक ‌ओरालो लाग्दै गएको हो।

बिहीबार प्रतिऔंस १७२६.८९ डलरमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतिऔंस १७०९.९२ डलर भएको छ। चाँदी पनि प्रतिऔंस १९.०६ बाट घटेर १८.३५ डलर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell