PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

थाइल्याण्ड जाने जुडो टोलीको बिदाइ, ४ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

थाइल्याण्ड जाने जुडो टोलीको बिदाइ, ४ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
तस्बिर: राखेप

काठमाडौं: थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

प्रतियोगितमा क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। क्याडेट/जुनियरमा १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन्। क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्ने छन्। घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन्। देवकी र निशा सहोदर दिदीबहिनी हुन्।

टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य रहेका छन्। टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन्। जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसंग बैंकक जाने छन्। साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्यान्ड प्रस्थान गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell