PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

आइजी विवादमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुँदै



पहिलोपोस्ट

आइजी विवादमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन्। जवाफी बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावनाबढी देखिएको छ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको थियो। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा सनुवाई भइरहेको छ। पटक पटक हेर्दाहेर्दैमा राखिएको मुद्दा गत सोमबार  सरकारी वकिलहरु नआएपछि सुनुवाइ हुन नसेको थिएन।

उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर, सुनुवाइ नभई स्थगित भयो। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको थियो। त्यसपछि तोकिएका हरेक पेशीमा हेर्दा हेर्दैमा राखिदै आएको छ।

सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको हो।

यता एआइजी पोखरेलको बिदा सकिए पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका छैनन्। उमेर हदको कारण साउन तेस्रो साताबाट एआइजी पोखरेलले अवकास पाउँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell