PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

हेलमेटभित्र भेटियो स्रोत नखुलेको पाँच लाख रुपैयाँ, ३० वर्षीय भारतीय नागरिक समातिए



पहिलोपोस्ट

हेलमेटभित्र भेटियो स्रोत नखुलेको पाँच लाख रुपैयाँ, ३० वर्षीय भारतीय नागरिक समातिए

काठमाडौंः सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा नगद फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell