PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

भक्तपुरमा फोहोरबाट कसरी र कुन प्रविधिबाट बन्छ मल? उद्योग समितिले देखायो चासो



पहिलोपोस्ट

भक्तपुरमा फोहोरबाट कसरी र कुन प्रविधिबाट बन्छ मल? उद्योग समितिले देखायो चासो

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहोरबाट मल बनाउने विषयमा चासो देखाएको छ। शुक्रवार समितिले सांसदहरुलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो।

समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन्। भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराएकी थिइन्।

निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल  रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा बनाइरहेको बताइन्। उनले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउन सकिने बताइन्।

निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको बताइन्। उनले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने बताइन्।

उनले भने, ‘जापानी प्रविधिमार्फत फोहोरलाई गन्धरहित बनाएर कम्प्याक्टसँग लिचेडहरु केही ननिकाली राम्रो मल बन्छ। जुन मल हिजो आज नेपालमा खाँचो छ। त्यो खाँचोलाई फोहोरबाट मल बनाएर प्रयोग गरी अर्गानिक वस्तु उत्पादन गरेर खानसक्छौँ।’

ठिमीले चार वर्षदेखि घरबाट निस्कने फोहोरलाई गन्धरहित बनाएर मल बनाइरहेको छ। भक्तपुरले फोहोरबाट मल निकालेर २० रुपैयाँमा जनतालाई दिइरहेको छ।

उनले पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्नसकिने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell