PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एआइजी विश्वराज पोखरेलको रिट खारेज, टुङ्गियो आइजी हुने बाटो



पहिलोपोस्ट

एआइजी विश्वराज पोखरेलको रिट खारेज, टुङ्गियो आइजी हुने बाटो

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा निवेदक एआइजी विश्वराज पोखरेलको रिट खारेज भएको छ। आज जवाफी बहसपछि सर्वोच्च अदालतले फैसला गर्दै रिट खारेज गरेको फैसला सुनाएको हो। अदालतले सरकारको आइजी नियुक्तिलाई नै सदर गरेको छ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा सनुवाई भइरहेको थियो।

उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर, सुनुवाइ नभई स्थगित भयो। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको थियो। त्यसपछि तोकिएका हरेक पेशीमा हेर्दाहेर्दैमा राखिदै आएको थियो।

सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको थियो।

यता एआइजी पोखरेल बिदा सकिए पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका छैनन्। उमेर हदको कारण साउन तेस्रो साताबाट एआइजी पोखरेलले अवकाश पाउँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell