PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

उपसभामुखमा लोसपाको समर्थन कांग्रेसकी उम्मेदवारलाई : दिदीलाई मत, भाउजुलाई सम्मान! 



पहिलोपोस्ट

उपसभामुखमा लोसपाको समर्थन कांग्रेसकी उम्मेदवारलाई : दिदीलाई मत, भाउजुलाई सम्मान! 

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको उम्मेदवारलाई मत दिने भएको छ। 

प्रतिनिधिसभाको बैठकमा लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने पार्टीको निर्णय भएको जानकारी दिइन्। शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निर्णय गरेको हो।

निर्णयलगत्तै लोसपाकी सांसद चन्दा चौधरीले भुसाललाई मत दिने संसदमा जानकारी गराएकी हुन्। 

चौधरीले 'दिदी'लाई मत दिने भन्दै भाउजुप्रति सम्मान व्यक्त गरिन्। चौधरीले भुसाललाई दिदीको रुपमा सम्बोधन गर्दा विद्या भट्टराईलाई भाउजुको रुपमा सम्बोधन गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell