PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

उपसभामुख पद प्रतिपक्षी उम्मेदवारलाई दिन राजेन्द्र लिङ्देनको माग, प्रेम सुवाल मतदानमा सहभागी नहुने



पहिलोपोस्ट

उपसभामुख पद प्रतिपक्षी उम्मेदवारलाई दिन राजेन्द्र लिङ्देनको माग, प्रेम सुवाल मतदानमा सहभागी नहुने

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखका लागि बैठकमा छलफल चलिरहेको छ। मनोनयन दर्ता गराएका उम्मेदवारको पक्षमा बैठकमा संसदहरुले बोलिरहेका छन्। 

बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख पद प्रतिपक्षलाई दिन आग्रह गरे। उनले संविधानले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने परिकल्पना गरेको तर्क गर्दै भने, 'यसको अर्थ सत्ता पक्ष र प्रतिपक्ष हो। सत्तापक्षले यो पद प्रतिपक्षलाई दिएर सहज बनाउन आग्रह गर्छु।'

यस्तै नेमकिपाका सांसद प्रेम सुवालले भने मतदान प्रक्रियामा सहभागी नहुने बताए। उनले ठूला भनिएका दलहरुले समानुपातिक मतमा थ्रेसहोल्ड राखेर आफूहरुलाई पञ्चायती शैलीमा जस्तै निर्दलीय बनाएको आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell