PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ड्रागन फ्रुटको खेतीले रुम्बालाई फलिफाप, 'विदेश जान पर्दैन, गाउँमै खेती गरौं'



निशा गुरुङ

ड्रागन फ्रुटको खेतीले रुम्बालाई फलिफाप, 'विदेश जान पर्दैन, गाउँमै खेती गरौं'

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१३ पदम पोखरीका किसान फेन्चु रुम्बा विगत दुई वर्षदेखि ‘ड्रागन फ्रुट’ खेती गरिरहेका छन्। आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी दंग छन् अहिले। 

रुम्बालाई हेटौंडा उपमहानगरपालिकाले कृषिका लागि अनुदानका रुपमा १ लाख सहयोग गरेको थियो। १ लाखले केहि गर्न नपुग्ने भए पछि रुम्बाले थप दुई करोड कृषि विकास बैंक हेटौंडा शाखाबाट ऋण लिए र आफ्नै पनि पैसा हालेर करिब ४ करोड लगानीमा खेती सुरु गरेका थिए।

मनहरी-१ बाल जीवन ज्योति माध्यामिक विद्यालयमा शिक्षक रहेका रुम्बाले शिक्षक पेशा छाडेर ‘एमएनएस एग्रो प्रा.लि कृषि फार्म’ दर्ता गरि ड्रागन फुडको खेती सुरू गरेका हुन्। रुम्बालाई उनकी श्रीमतीले सहयोग गर्ने गरेकी छन्। रम्बालाई सुरूमा ड्रागन फुड उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो।

अहिले रुम्बाको करिव एक बिघा (२० कठ्ठा) आफ्नै बारीमा ४ हजार बोट ड्रागन फ्रुटका बोटहरू रहेका छन्। रुम्बाले ड्रागन फ्रुटका साथै खरबुजा, सयपत्री फुल, तकारी टनेलसँगै बाख्रा, बोकाहरु पनि पालेका छन्। तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको रुम्बाले बताउँछन्।

रुम्बा अहिले बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किन्ने गरेको बताउँछन्। सबैलाई यो फल चाख्न भ्याई नभ्याई भएको देख्दा भने खुशी लाग्ने उनले बताए। पहिलो चरणमा लगभग ६० हजार रूपैयाँको फल बेचेको र दोस्रो चरणमा ५ लाखको फल बेचेको बताउँदै तेस्रो चरणको फल पनि बच्ने तयारीमा रहेको उनले सुनाए। फल फलेको ३० औं दिनमा पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने उनले बताए।

ड्रागन फ्रुट गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल्ने गर्छ। बर्षमा चार चरणसम्म यो फल फल्ने गर्छ। यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ। ड्रागन फ्रुट रोपेको १६ बर्षसम्म उत्पादन लिन सकिन्छ। हाल यो फल प्रति केजी ५ सय सम्ममा बिक्री हुने गरेको छ। रुम्बाले सो फलको बिरूवा पनि प्रति गोटा २५० रूपैयाँ सम्ममा बेच्ने गरेका छन्। हेटौंडा-१३ का रुम्बा मात्रै होइन अरुले पनि विस्तारै यसको व्यावसायिक खेती थालेका छन्।

रुम्बाको बारीको आकर्षक ड्रागन फुड हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन्। ड्रागन फुड नौलो फल भएकोले यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ। एउटै बोटबाट पनि अरू विरूवाको वृद्धि विकास गर्न सकिन्छ।

एक पटक विरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाईबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको उनले सुनाए।

ड्रागन फुड खेतीमा सफल भएका रुम्बाले कृषि पेशमा लागेर पनि अन्य व्यवसायमा जस्तै राम्रो आम्दानी हुने बताए। खेतीमा राम्रो भविष्य भएको भन्दै रोजगारीका लागि विदेश जाने युवाहरुलाई गाउँमै बसेर खेती गर्नसमेत आग्रह गर्छन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell