PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

भक्तपुरमा घरभित्र जलेर ८४ वर्षीय वृद्धको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा घरभित्र जलेर ८४ वर्षीय वृद्धको मृत्यु
प्रतिकात्मक

काठमाडौंः भक्तपुरमा आफ्नै घरमा जलेर एक वृद्दको मृत्यु भएको छ।

आज बिहान चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटारका ८४ वर्षीय जगत प्रसाद शिल्पकारको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।आफ्नै तिन तले पक्की घरको भुईतलाको कोठामा कम्मर देखी माथिको भाग जली मृत अवस्थामा भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवलाई पोस्टमार्टमको लागि  पोस्टमार्टमका के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर लगिएको छ।

घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell