PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

थपिए २०५ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १०० जनामा संक्रमण



पहिलोपोस्ट

थपिए २०५ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १०० जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा दुई सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ।

आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ११ र भक्तपुरमा ७ जना रहेका छन्। यससँगै काठमाडौंमा ८५० जना, ललितपुरमा ९२ जना र भक्तपुरमा २६ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell