PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

गगन र विश्वप्रकाशलाई देउवाको जवाफः फोन चाहिँ उठाउनुस्, फोन उठ्दैन



पहिलोपोस्ट

गगन र विश्वप्रकाशलाई देउवाको जवाफः फोन चाहिँ उठाउनुस्, फोन उठ्दैन
फाइल फोटो

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समन्वय गरेरै आफूले काम गरेको बताएका छन्। जारी केन्द्रीय समितिमा दुई महामन्त्रीले सरकार र पार्टी सञ्चालनमा समन्वय नगरेको आरोप लगाएपछि देउवाले यस्तो जवाफ दिएका हुन्। देउवाले महामन्त्रीलाई खोजेका बेला नभेटिने समेत आरो लगाए।

भातृ संगठनको नेतृत्व चयनमा परामर्श गरेको देउवाको जवाफ छ। 'तरूण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ। महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ।'

पार्टीलाई बलियो बनाएर रिटार्यर्ड हुने चाहना रहेको देउवाको भनाई छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले जेल बस्दादेखि चिनेकाले अन्य दलसँग गठबन्धनमा जोड दिएको जवाफमा देउवाले बताए। नेता शेखर कोइराला पक्षलाई पनि साथ लिएर अघि बढ्न आफू तयार रहेको पनि उनको भनाई छ। शेखरसँग छलफलका लागि आफू तयार भएको देउवाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell