PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

केही वस्तुको आयात प्रतिबन्ध निरन्तर, मोबाइल र मोटरसाइकलमा थप कडाइ



पहिलोपोस्ट

केही वस्तुको आयात प्रतिबन्ध निरन्तर, मोबाइल र मोटरसाइकलमा थप कडाइ

काठमाडौंः सरकारले गत वैशाख १३ गते लगाएको १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिए पनि केही वस्तुमा तल-माथि गरेको छ।

कुरकुरे, लेज, टीभीदेखि गाडीसम्मको आयात प्रतिबन्धलाई निरन्तरता दिएको सरकारले मोबाइल र मोटरसाइकल आयातमा थप कडाइ गरेको छ।

यसअघि ६०० डलरसम्मको मोबाइल आयात गर्न पाइन्थ्यो। त्यसमाथिको मात्र प्रतिबन्ध थियो। अब भने ३०० डलरभन्दा माथिको मोबाइल आयात गर्न पाइँदैन।

यसैगरी मोटरसाइकलको हकमा पनि सीसी घटाइएको छ। २५० सीसीसम्मको बाइक आयात गर्न पाइन्थ्यो। अब १५० सीसीभन्दा माथिको बाइक आयात गर्न पाइँदैन। सरकारले थप कडाइ गर्दै आयात प्रतिबन्धलाई भदौ १४ गतेसम्म लम्ब्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell