PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

गभर्नर अधिकारीको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। निषेधित क्षेत्रमा प्रवेश गरेर नाराजुलुस गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो।

त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थी संघ ( नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्तरुपमा विरोध कार्यक्रम गर्दै आएका छन्।

उनीहरूले गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै आज बिहान बालुवाटारस्थित राष्ट्रिय बैंक अगाडि प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै नक्सालदेखि बालुवाटारसम्म गाडी प्रवेशमा रोक लगाइएको छ। यस्तै, महाराजगञ्जबाट बालुवाटार आउने सवारी साधनलाई पनि डाइभर्ट गरिएको छ। हाल सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको बर्खास्ती माग गरेका हुन्।

सरकार मौद्रिक नीति जारी गर्ने तयारीमा रहेको बेला गभर्नर विवादमा तानिएका हुन्। पार्टीमा गभर्नरको संलग्नताबारे अहिले सदनदेखि सडकसम्म बहस चर्किएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell