PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

युक्रेनको दाबी : रसियाले ५ हजार बालबालिकासँगै ३० हजार युक्रेनीलाई आफ्नो देश लग्यो



पहिलोपोस्ट

युक्रेनको दाबी : रसियाले ५ हजार बालबालिकासँगै ३० हजार युक्रेनीलाई आफ्नो देश लग्यो
FILE PHOTO : REUTERS

रसियाले युक्रेनमाथि आक्रमण गरेको १४४ दिन पुगेको छ। यसबिच ९१ लाखभन्दा बढी युक्रेनबाट पलायन भएका छन्। सबैभन्दा बढी मानिस पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ ४६ लाख २७ हजारभन्दा बढी युक्रेनी पुगेका छन्।

युक्रेन ‘इन्भेड’को प्रयासमा रहेको रसियामा १६ लाख २६ हजारभन्दा बढी युक्रेनी शरण लिन पुगेका छन्। त्यसपछि हंगेरीमा ९ लाख ४९ हजारभन्दा बढी, रोमानियामा ८ लाख ३१ हजारभन्दा बढी, मोल्डोभामा ५ लाख ८९ हजारभन्दा बढी र बेलारुसमा १६ हजारभन्दा बढी युक्रेनी शरण लिन पुगेका छन्।

युद्ध लम्बिँदै जाँदा पछिल्लो केहीदिनमा रसियाले करिब ३० हजार युक्रेनीलाई आफ्नो देशमा लगेको बताइएको छ। त्यसक्रममा युक्रेनी अधिकारीहरुलाई कुनै पनि जानकारी नदिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। यसरी लगिनेमा ५ हजार बालबालिका समेत रहेका छन्।

युद्धग्रस्त क्षेत्र र डोनबास शहरबाट यसरी मानिसहरुलाई रसियाले लगेको युक्रेनी अधिकारीहरुले दाबी गरेका छन्। लुहान्सक क्षेत्रलाई नियन्त्रणमा लिइसकेको रसियाले डोनबास क्षेत्रलाई कब्जा गर्ने नीतिका साथ युद्ध लडिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell