PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै, पाँचौ स्थानमा उक्लने अवसर



पहिलोपोस्ट

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै, पाँचौ स्थानमा उक्लने अवसर
फाइल फोटो

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पस्पर्धा गर्न लागेको हो। स्कटल्याण्डको ग्लास्गोमा खेल पौने ४ बजे सुरु हुनेछ।

स्कटल्याण्डले यसअघिको खेलमा नेपालसँग पराजय ब्यहोरेको थियो भने नामिबियालाई दुईपटक हराएको थियो। अर्कोतर्फ नेपालले नामिबियासँग दुईपटक पराजय ब्यहोर्दा स्कटल्याण्डमाथि जित निकालेको थियो। घरेलु टोली स्कटल्याण्ड नेपाललाई हराउँदै हारको बदला लिने लक्ष्यमा हुनेछ भने नेपाल स्कटल्याण्डलाई हराएर सिरिजको सुखद अन्त्य गर्ने योजनामा हुनेछ।

क्रिकेट विश्वकप लिग २ मा २३ खेलबाट ३२ अंक जोड्दै स्कटल्याण्ड दोस्रो स्थानमा छ भने नेपाल १९ खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell